जिल्लास्तरमा शैक्षिक क्षेत्रको काम गर्ने नेतृत्वदायी निकाय भनेको जिल्ला शिक्षा कार्यालय हो । हरेक जिल्लामा शैक्षिक क्षेत्रको जिल्लास्तरीय नेतृत्व गर्नका लागि यो कार्यालयको व्यवस्था गरिएको छ । केन्द्रबाट आएका बजेट र कार्यक्रमहरुको कार्यान्वयन गर्ने कार्य जिल्ला शिक्षा कार्यालयले गर्ने भएको हुँदा यसको सफलता र प्रभावकारीतामा शिक्षाका धेरै केन्द्रीय निकायहरुको सफलता र असफलता निर्भर रहेको हुन्छ । केन्द्रीय स्तरमा रहेको शिक्षा मन्त्रालयलगायत शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, शिक्षक कितावखाना, शैक्षिक जनशक्ति विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र आदिसँग सम्बन्धित नीति, बजेट र कार्यक्रमहरुको कार्यान्वयन गर्ने काम जिल्लास्तरमा एकद्वार प्रणालीको माध्यमबाट जिल्ला शिक्षा कार्यालयले गर्दछ ।
आजका मितिसम्म शिक्षा सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत कर्मचारीको नेतृत्वमा सञ्चालन हुने गरी स्थापित भएको यस कार्यालयले उल्लिखित के
थप हेर्नुहोस